तोकिएकै मितिमा निर्वाचन गर्न जोड

म्याग्दी : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र संस्थागत गर्नका लागि तोकिएकै मितिमा संविधानसभाको निर्वाचन गर्न जोड दिएका छन् ।
राष्ट्रिय जनमोर्चाको एकमहिने राष्ट्रिय प्रचारात्मक अभियानअन्र्तगत सदरमुकाम बेनीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन् । उनले वर्तमान संक्रमणकालको अन्त्य गर्न निर्वाचन नै एकमात्र साधन भएकाले दलीय व्यवस्था, शक्ति सन्तुलन र जनताका प्रतिनिधिबाटै संविधान निर्माणका लागि निर्वाचनको विकल्प नभएको बताए ।

प्रतिक्रिया