कांग्रेस केन्द्रीय सदस्य डीनालाई मातृ शोक

काठमाडौं, ३ असोज । कांग्रेस केन्द्रीय सदस्य डीना उपाध्यायलाई मातृ शोक परेको छ । उनकी ७३ वर्षीय आमा पार्वतीदेवी अर्यालको आज (बिहीबार) ललितपुरमा निधन भएको हो ।
पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क्रममा अर्यालको निधन भएको उपाध्यायले जानकारी दिईन् । अर्याल लामो समयदेखि घांटीको रोगबाट पीडित थिइन् ।
नेपालमा उपचार सम्भव नभएपछि भारत लगेर उपचार गराउदापनि रोग पत्ता नलागे पछि अर्याललाई पुन: निदान अस्पतालमा ल्याएर राखिएको थियो ।
अर्यालका ४ छोरा र ३ छोरी छन् । केन्द्रीय सदस्य उपाध्याय अर्यालकी साइली छोरी हुन् ।

प्रतिक्रिया