ह्यान्डबल महासचिव बम सम्मानित

Bishow-bom-mallaकाठमाडौं : खेलकुद, शिक्षा र समाजसेवमा योगदान गरेबापत नेपाल ह्यान्डबल संघका महासचिव विश्व बम मल्ल बुधबार सम्मानित भएका छन् । शान्ति विकास अभियान नेपाल तथा नेपाल बेल्फेयर फाउन्डेसनले मल्ललाई नेपाल सम्मान– २०७० बाट सम्मान गरेको हो ।
राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले बमलाई सम्मानपत्र प्रदान गरी सम्मान गरे । बमलाई यसै वर्ष राष्ट्रिय सरोकार केन्द्र र सगरमाथा प्रतिष्ठानले पनि नागरिक सम्मान प्रदान गरेका थिए । (सौस)

प्रतिक्रिया