ट्रान्सफर्मर घोटालाका अभियुक्तलाई २३ करोड धरौटी

काठमाडौ, २ असोज । विषेश अदालतले ट्रान्सफर्मर खरिद प्रकरणमा घोटाला गरेको अभियोगमा नेपाल बिद्युत प्राधिकरणका पुर्व निर्देशक रामेश्वर यादवसहितका अभियुक्तबाट २३ करोड बढि धरौटी मागेको छ । ४ लाख ५० हजार धरौटी माग गरेको छ ।

विशेष अदलातका अध्यक्ष न्यायधीश केदारप्रसाद चालिसेसहितको इजलासले चिनिया कम्पनी हुवाई सनलाईट इलेक्ट्रीकका हु ज्याङ स्याङ र नेपाल बिद्युत प्राधिकरणका कर्मचारीबाट २३ करोड ४ लाख ५० हजार धरौटी मागेको छ । मंगलबार विषेश अदालतले गुणस्तरहिन ट्रान्सफर्मर खरिद गरेको प्रारम्भीक ठहर गर्दै प्राधिकरणका पूर्व निर्देशक रामेश्वर यादवलाई ३ करोड चीनिया कम्पनी हुवाई सनलाईट इलेक्ट्रीकका हु ज्याङ स्याङलाई १२ करोड धरौटी माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनिया कम्पनी र प्राधिकरणका उच्च कर्मचारीको मिलेमतोमा गुणस्तरहिन ट्रान्सफर्मर खरिद गर्दा ४१ करोड हानी नोक्सानी पुर्‍याएको अभियोग सहित मुद्दा दर्ता गरेको थियो । ‘ट्रान्सफरमर खरिद प्रक्रियामा संलग्नता, पदिय हैशियत र ट्रान्सफरमर रिप्लेसमेन्ट र रिपेयर सम्बन्धमा आपुति कम्पनी र कर्मचारीबिच मिलमतो भएको प्रारम्भीक ठहर भयो’ अदालतको आदेशमा भनिएको छ ‘यी अभियुक्तहरु दोषी देखिएकाले विशेष अदालत ऐन,२०५९ को दफा ७ (घ) बमोजिम धरौटी धरौट माग गरिएको छ ।’
बिहीबार अख्तियारद्धारा मुद्धा चलाइएका दुई ठेकेदार सहित १३ बिद्युत प्राधिकरणका कर्मचारीको छुनक्षेक बहस आइतबार देखि सुरु भएको थियो । आइतबार देखि सुरु भएको थुनक्षेक बहसमा पछि बिशेष अदालतले चिनीया कम्पनी हुवाई सनलाईट इलेक्ट्रीकका हु ज्याङ स्याङसंग १२ करोड, तियान जाउ इ तिआनसंग एक करोड, बिद्युत प्राधिकरणका कर्मचारी रामेश्वर यादवसंग् तीन करोड,टीकाराम विसीलाई एक लाख,चिरञ्जीवि शर्मा पौडेलसंग एक लाख पचास हजार धरौटी मागेको छ ।
त्यसैगरि हरीश बहादुर पाल डढे लाख ,सुरेश कुमार कटुवाल एक लाख,सुशील प्रसाद खनाल एकलाख, सेन्धु यादव १५ लाख, सुरेन्द्र प्रसाद पनेरु, १५ लाख,शेखरकुमार दत्त १५ लाख,सुरेन्द्रराज जोशी १५ लाख,नारायणप्रसाद चौधरी, एकलाख सरोज श्रेष्ठ २५ हजार, कैलाशप्रसाद अटल डेढलाख धरौटी माग गरेको छ ।

प्रतिक्रिया