विद्यार्थी थपआन्दोलित

काठमाडौं, २ असोज । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी संगठनहरूले थपआन्दोलनको घोषणा गरेका छन् ।

सरकारले मूल्यवृद्धि फिर्ता नलिएपछि विद्यार्थी संगठनहरूको मंगलबार बसेको बैठकले थपआन्दोलनको घोषणा गरेका हुन् । १७ विद्यार्थी संगठनको संयुक्त बैठकले बिहीबार निगमका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन् । निगमले मूल्य बढाएकाले कर्मचारीलाई कार्यालयमा रोक लगाइएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि फिर्ताको माग गदै बुधबारबाट आन्दोलन गर्दै आएका छन् । सरकारले मंगलबार रातिदेखि पेट्रोलमा प्रति लिटर पाँच रुपियाँ डिजल र मट्टितेलमा तीन रुपियाँ र हवाई इन्धनमा सात रुपियाँप्रति लिटर बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोलको मूल्यप्रति लिटर एक सय ३० रुपियाँ, डिजेल र मट्टितेलको एक सय ३ रुपियाँ र हवाई इन्धनको मूल्य एक सय ३७ रुपियाँ पुगेको छ ।

प्रतिक्रिया