अन्तिम तयारीमा एमाले

Sun-Umlकाठमाडौं, २ असोज । नेकपा एमाले उम्मेदवार छनोट र चुनावी घोषणपत्र लेखनको कार्यलाई अन्तिम रुप दिने तयारीमा जुटेको छ । नेकपा–माओवादीलगायतको ३३ दलीय मोर्चाले आगामी मङ्सिर ४ मा कुनै पनि हालतमा संविधानसभा निर्वाचन हुन नदिने चेतावनी दिइरहेका बेला एमालेले यस्तो तयारी गरेको हो । ‘मङ्सिर ४ मा हुने भनिएको संविधानसभा निर्वाचनलाई कसैले रोकेर रोकिने अवस्था छैन,’ एमाले सचिव शङ्कर पोख्रेलले भने, ‘त्यसैले एमाले चुनावको तयारीमा जुटेको छ ।’ उनले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले अघि सारेका चार बुादे चुनावमा सहभागि हुने नियतले नआएको पनि प्रष्ट पारे ।

सचिव पोखरेलले उम्मेदवार छनोट, घोषणपत्र लेखनलगायतका कार्य अन्तिम तयारीमा पुगेको समेत जानकारी दिए । ‘क्षेत्र, जिल्ला र अञ्चलको सिफारिस हुादै केन्द्रमा आएका प्रत्यक्ष तर्फका उम्मेदवारको नामावलीलाई सुचिकृत र व्यवस्थित गर्ने काम करीब–करीब सकिएको छ,’ पोख्रेलले भने, ‘अब अञ्चल संयोजकहरुको राय–सुझावका आधारमा नामावलीलाई अन्तिम रुप दिन्छौं ।’ केन्द्रको निर्देशनमा क्षेत्र, जिल्ला र अञ्चलको सिफारिसमा प्राप्त उम्मेदवारको नामावलीलाई समावेशीका आधारमा स्थायी कमिटिले छान्ने र अनुमोदनका लागि केन्द्रीयमा पठाउने उनले बताए ।
त्यस्तै उनले आगामी संविधानसभा निर्वाचनका लागि एमालेले तयार गर्ने घोषणपत्रलाई पनि अन्तिम रुप दिएको बताए । ‘घोषणापत्रका बारेमा आवश्यक राय सुझाव लिने काम भईसकेको छ,’ पोख्रेलले भने, ‘अब लेखन प्रक्रियाको मात्र काम बााकी छ । ’ एमाले नेता भिम रावलले पनि घोषणापत्रको अतयारी अन्तिम चरणमा पुगेको बताए । उनले मङ्गलवारदेखि प्रक्रिया सुरु भएको जानकारी दिए । एमालेले आगामी घोषणापत्रमा बहुपहिचानसहितको ७ प्रदेशलाई समावेश गर्ने तयारी गरेको छ । त्यसैगरी एमालेले घोषणापत्रमा विगतमा संविधान किन बनेन र अव कसरी बन्छ भन्ने कुरालाई पनि समावेश गर्ने बताएको छ ।
एमालेले यस अघिनै जारी गरेको स्वेतपत्रलाई आधार मानेर घोषणपत्र तयार गरेको हो । नयाा नेपाल निर्माणको परिकल्पना र संविधानसभा कसरी विघटन भयो भन्ने विषयलाई पनि घोषणापत्रमा समावेश गर्ने एमालेको तयारी छ । एमालेले सामाजिक सद्भावसहितको राष्ट्रिय एकता, एमालेको नीति एमालेकै नेतृत्व जस्ता कुरालाई पनि घोषणपत्रमा समावेश गर्ने भएको छ । त्यस्तै एमालेले घोषणापत्रमा आगामी संविधानसभाको निर्वाचन जितेपछि कसरी सत्ता सञ्चालन गर्ने र सुसासन कायम गर्ने भन्ने विषयलाई पनि समावेश गर्ने बताएको छ । २०५१ सालमा एमाले सरकारले ल्याएको ‘आफ्नो गाउा आफै बनाउा, वृद्धभत्ता जस्ता लोकप्रीय कार्यक्रमलाई पनि घोषणापत्रमा समावेश गर्ने एमालेको तयारी छ । एमालेले यसअघि नै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीका पक्षमा उभिने निर्णय गरिसकेको छ । एमालेले असोजको पहिलो साता बस्ने केन्द्रीय समिति बैठकले घोषणापत्रलाई अन्तिम रुप दिने तयारीे गरेको छ ।

प्रतिक्रिया