उमा सिंह हत्याका मुख्य अभियुक्त पक्राउ

Uma-Shingधनगढी, २ असोज । पत्रकार उमा सिंह हत्यामा संलग्न मुख्य अभियुक्त मंगलबार पक्राउ परेका छन् ।

प्रहरीले हत्याका मुख्य योजनाकार भनिएका उमेश यादवलाई कैलालीको धनगढीबाट पक्राउ गरेको हो । धनुषाका स्थायी बासिन्दा यादवलाई प्रहरी हेडक्वार्टरबाट खटिएको विशेष टोलीले धनगढीस्थित ट्राफिक चौराहा आसपासबाट मंगलबार बिहान पक्राउ गरेको थियो । यादवलाई मंगलबारै सडकमार्ग हुदै हेडक्वार्टर लगिएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार यादव कैलाली आएको सूचनाका आधारमा हेडक्वार्टरबाट ६/७ जनाको विशेष टोली खटिएको थियो । यादव कहिले भारत तथा कहिले नेपालमै आफन्तकहाा लुकीछिपी बस्ने गरेका थिए । उनी धनगढी आएर आफन्तकहाँ बसेको सूचना पाएपछि प्रहरीको विशेष टोली उनलाई पक्राउ गर्न सफल भएको हो ।
कैलाली जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन जोशीले भने उनको पक्राउबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
यादव प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । २७ पुस ०६५ मा जनकपुर रजौलस्थित डेरामा खाना पकाउँदै गरेका बेला धारिलो हतियार प्रयोग गरी सिंहको हत्या भएको थियो । हत्याराका आरोपितमध्ये दुई जना जेलमा छन् ।

प्रतिक्रिया