प्रत्यक्ष उम्मेदवारी दर्ताको म्याद बढाउन आग्रह

elecation commition 1काठमाडौं, १ असोज । उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा चुनावमा प्रत्यक्षतर्फको उम्मेवारी दर्ताको समय बढाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ ।
समितिका सदस्यहरु र आयोगका पदाधिकारीबीच आज (मंगलबार) कान्तिपथमा भएको भेटबार्ताका क्रममा नेताहरुले प्रत्यक्षमा उम्मेदवारी दिने समय बढाउन सकिने भए थप गर्न भनेका हुन् ।
भेटवार्ता पछि पत्रकारसँग कुरागर्दै कांग्रेस नेता मिनेन्द्र रिजालले उम्मेदवारी दर्ताका लागि केही समय अपुग भएकाले थप गर्न माग गरिएको बताए । ‘आयोगलाई दल दर्ता र मतदाता नामावली संकलन खुला गर्न पनि आग्रह गरेका छौं,’ उनले भने ।
त्यसै गरी समितिले, आयोगसँग मंसिर–४ को निर्वाचनका लागि आवश्यकपर्ने सबै कार्यहरु गर्न पनि भनेको छ । दलहरुले जुनसकै अवस्थामा मंसिर–४ गते चुनाव हुनुपर्ने जनाएको रिजालले बताए ।

प्रतिक्रिया