चुनावको असर चलचित्रमा

Rajneetiकाठमाडौं : संविधानसभा अनि चलचित्र । दुई विल्कुल फरक धार । संविधानसभा संविधान निर्माण गर्ने थलो अनि चलचित्र मनोरञ्जनको क्षेत्र । दुई फरक धार भए पनि अहिले देशमा चुनावको रन्को चलिरहेका बेला यसको प्रत्यक्ष असर भने चलचित्रलाई परेको छ ।
नेकपा माओवादीसहित ३३ दलीय मोर्चाले संविधानसभा निर्वाचनलाई लिएर पछिल्ला केही दिनदेखि लगातार रूपमा गरिरहेको बन्दले चलचित्रको प्रदर्शनीमा समस्या आएको छ, जसले गर्दा चलचित्र व्यापार पनि घट्दो छ । अहिले यही बन्दको मारमा दुई चलचित्र परेका छन् । बजारमा निकै चर्चामा रहेका ‘राजनीति’ र ‘ढुवानी’ बन्दकै कारण धेरै हलमा अझै लाग्न सकेका छैनन् ।  देशव्यापी प्रदर्शनमा रहेका छन्– यी दुई चलचित्र ।
सुरुकै दिन सुदूर तथा मध्यपश्चिम बन्दको मारमा परेका राजनीति र ढुवानी शनिबार पूर्व बन्दको मारमा परे । आइतबार मध्यमाञ्चलका अधिकांश जिल्ला बन्दको चपेटामा परे । प्रदर्शनको सुरुकै दिन उपत्यकामा राम्रो दर्शक पाएर मख्ख भएका दुवै फिल्मका निर्माता निर्देशक वैद्य माओवादीको लगातार बन्दको शिकार भएका छन् । मोफसलका धेरै हलमा अझै नलागेका यी दुई फिल्मको बन्दकै कारण व्यापार घाटा बढ्ने निश्चित छ ।
त्यसैले अहिले वैद्य माओवादी चार दलका लागि मात्र टाउको दुखाई बनेका छैनन्, चलचित्र निर्माता निर्देशकका लागि पनि उत्तिकै ठूलो टाउको दुखाइ बनेका छन् । (सौस)

प्रतिक्रिया