तुल्सीपुरमा जुवा खेल्ने र खेलाउने पक्राउ

dangदाङ, ३० भदौ । दाङको तुल्सीपुरमा प्रहरीले अवैध रुपमा जुवा तास खेली रहेको एक समूहलाई पक्राउ गरेको छ ।
तुल्सीपुर नगरपालिका–५ का टीकाराम बाठा मगरको घरमा जुवा तास खेली रहेका ६ जनालाई आज (आइतबार) विहान पांच बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । मगरले आफ्नो घरमा लामो समय देखि जुवा तास खेलाउने गरेको आरोप प्रहरीको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मगर सहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट प्रहरीले नगद ३६ हजार ६ सय २० रुपियां र तास पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया