निरन्तर हस्तक्षेप कहिलेसम्म ?

भारतले के बुझ्नुपर्छ भने हामी नेपाली भारतविरोधी होइनौँ । भारतको विरोध गर्दा राष्ट्रवादी बनिन्छ भनेर नेपालीहरू भारतको विरोध गर्छन् भन्ने आरोप पनि झुटो हो । भारतले षड्यन्त्रपूर्ण तरिकाले नेपाललाई फसाउन लागेको कुराको हामी नेपाली कहिले पनि समर्थन गर्दैनौँ, भारतको हस्तक्षेपको विरोध गर्छां । हामी नेपाली भारतको सधँै हेपाहा दृष्टिकोण र नांगो हस्तक्षेपबाट दु:खी छौँ । भारत त बेलायती साम्राज्यको दास बनिसकेको देश हो । सार्वभौम स्वतन्त्रताको सम्मान गर्नुपर्छ भन्ने कुरा दासलाई महसुस नै नहुँदो रहेछ । त्यसैले पनि भारतले त्यो संवेदनशीलता नबुझेर उसको धोती खुस्किसकेको पनि छ । भारतमा माओवादी, क्रिस्चियन र मुसलमानको विद्रोह र जगजगी एकातिर छ भने अर्कोतर्फ साहा राज्यहरू विखण्डनको बाटोमा छन् । यसरी आन्तरिक रूपमा भारत गिर्दो अवस्थामा रहँदा रहँदै विस्तारवादी नीति लिएर नेपालका पार्टीका बेहकुप कुचक्रीलाई प्रयोग गरेर दु::ख दिएको फल अब भारतले भोग्नुपर्ने बेला पनि आउँदै छ । भारतको अत्यधिक हस्तक्षेप भएकाले भुटान पनि अब भारतबाट फुत्कँदै छ । चीनको रेलमार्ग र चीनसँगको बढ्दो समझदारीले चीन–भुटान नजिक बन्न सक्छन् । हो, हामी नेपालीहरूको चीनसँग भाषा तथा संस्कृति पनि मिल्दैन । भौगोलिक हिसाबले भारतभन्दा चीन धेरै टाढा छ । तर, भारतको सैतेनी प्रवृत्तिले गर्दा चीनसँग हामी नेपालीको सौहार्दपूर्ण मैत्रता छ । चीनले अखण्ड नेपालको सम्मान गर्छ । वास्तवमा नेपालमा राजसंस्था र चीन नभइदिएको भए भारतले उसैबेला नेपाललाई खाइसक्थ्यो । भौगोलिक र सांस्कृतिक हिसाबले भारत नजिक Dirgha-Raj-Prasaiछिमेकी राष्ट्र भए पनि नेपालका लागि भारत खतरनाक छ ।
भारतले ००७ सालदेखि नेपाललाई कब्जा गर्न ब्याँसाको जस्तो कहिले अघि बढ्ने र कहिले पछि हट्ने गरेर नेपाललाई दु:ख दिँदै आएको छ । भारतले नेपालको सत्तामा जो रहन्छ उनीहरूलाई नै अनेकौँ लोभ–लालचा देखाउँदै नत्थी लगाएर आ
आºनो पक्षमा उचाल्ले गर्ने गरेकाले भारतको हैकमवादबाट तड्पिएर अब हामी बस्ने अवस्थामा छैनौँ । हामीले भारतप्रति सम्मान गर्दै आएका थियौँ र छौं । तर, भारतले हामीलाई सधँ सताउने, फुटाउने, जुधाउने षड्यन्त्र गर्दै हेप्ने गरेको हुँदा सधँ आत्मग्लानी भएर बस्न सक्तैनौं । भारतसँग हामीले जति नै समझदारी राख्न खोजे पनि उसले यहीँका पार्टीका गद्दारलाई प्रयोग गरेर नेपाललाई हेपेर अशान्ति मच्चाउने अनेकौँ षड्यन्त्र गराउँछ । ०६३ सालपछि त भारतले माओवादी, कांग्रेस, एमाले र मधेसीलाई बोकेर नेपालविरुद्ध नांगो रूपमा उत्रिएको छ । नेपालका पार्टीभित्रका १५/२० बिकाउ नेताहरूका कारणले नेपाल अस्थिर बनेको छ । नेपाललाई डुबाउन खोज्ने यी अपराधीलाई संविधानसभाको चिहानमा नपुरिन्जेल नेपाल सुरक्षित हुन सक्दैन । त्यसैले अहिलेको अवस्थामा नेपालको कट्टर शत्रु भनेको भारत नै हो । उसले यहीँका गद्दार लेण्डुपहरूलाई लखेटियो भने भारतले उसको गिद्दे आँखा यो पुण्यभूमिमा कहिले पनि लगाउन सक्दैन । भारतको सोचाइ कति तल्लोस्तरको छ कि उसले खोजी–खोजी खुराफाती, चाकरीवाज, लम्फु, भ्रष्ट, बजौट, इज्जतहारा श्याशरण, केबी राजन, राकेश सुदहरू जस्ता व्यक्ति राजदूत बनाएर नेपालमा पठाउँछ । राजदूत–जयन्त प्रसाद पनि पेटमा विष भरिएको कालो सर्पभन्दा खतरनाक रहेछन् । भनिन्छ, जयन्त प्रसादको सट्टाका रञ्जन रे झन् खतरनाक जासुसी चरित्रको राजदूत छन् । भारतबाट जो यहाँ राजदूत आउँछन् उनीहरूले नेपालीहरूलाई फुटाउने, बिगार्ने र नेपालको हिन्दू अस्मिता तहस–नहस गराउन क्रिस्चियनको गोलो छाडेर नेपालीहरूको मनमस्तिष्क खल्बल्याउने काम गराइरहेका छन् ।
भारतलाई पनि थाहा छ कि नेपालका पार्टीका नेताहरू सबै देशद्रोही हुन्, उनीहरूको नैतिकता छैन, पद र पैसाकाका लागि उनीहरू देश पनि बेच्न सरिक हुन्छन् । त्यही बुझेर भारतले ०६२ सालदेखि माओवादी, कांग्रेस, एमालेका नेतालाई ठूलो नेता बनाएर यी कुचक्रीमार्फत नेपाल कब्जा गर्ने रणनीतिमा रहिआएको छ । त्यसै कारणले भारत सरकार र नेपालका पार्टीका गद्दार नेताहरूसँग नेपालीहरू क्रूर छन् । माओवादीहरूलाई त भारतले ०५९ सालदेखि नै भारतमा सुरक्षासाथ राखेर नेपालविरुद्ध प्रयोग गर्न तयारी गरिआएको थियो । त्यसमा नेपाली नागरिकता प्राप्त गरेका राजेन्द्र महता, महन्थ ठाकुरजस्ता भारती नागरिकजस्ता अधिकांश मधेसीलाई उचालेर तमाम तराई क्षेत्रलाई मधेसी नामकरण गरेर ‘एक मधेस एक प्रदेश‘को नाराको आधारमा तराईलाई विखण्डन गराउने जुन घातक नीति भारतले लिएको छ त्यसविरुद्ध हामी सम्पूर्ण नेपालीहरूले ज्यू–ज्यान अर्पिने बेला छ ।  यसका लागि खास गरेर तराईमा बसोबास गर्दै आएका मूलवासी मिथिलाबासी, अवधि आदिवासी झा, यादव, ठाकुर, थारू, राजवंशी मुसलमान आदि सबै सशक्त बनेर भारतीय षड्यन्त्रको भण्डाफोर गर्न सक्ने बेला आएको छ । नेपाल–भारतबीचको खुला सिमाना पनि हामीलाई घाँडो भएको छ । खुला सिमानाका कारण भारतले नेपाललाई आºनो प्रभावमा राख्न अनेकौँ चलखेल अपनाउने गर्ने गरेकाले नेपाल–भारतबीचको खुला सिमानामा पनि नेपालतर्फबाटै नियन्त्रण गर्न सक्नुपर्छ । नेपाल र भारतीय जनताबीचको युगौँदेखिको सुमधुर सम्वन्धलाई कांग्रेस (आई) को सरकारले दूषित बनाएको छ । कांग्रेस (आई) को सत्ताबाट नेपालसँग कहिले पनि राम्रो सम्बन्ध कायम भएको छैन । ०६२ सालपछि विद्रोही माओवादी, कांग्रेस, एमालेमा नेताहरूलाई उचालेर नेपाललाई आºनो कब्जामा लिन आक्रमक बनेको बेलादेखि नेपाललाई धेरै दु:ख दिएको छ ।
नेपालको राष्ट्रवादी शक्ति विरोधमा उत्रिँदा पनि उसले वास्ता गरिरहेको छैन । अर्बौं राजस्व खाएर चार वर्षमा पनि संविधानसभाबाट संविधान बनेन । फेरि दोस्रोपटक संविधानसभाको निर्वाचन गराउन भारतले दबाब दिइरहेको छ । त्यही कुचक्रबाट नेपाललाई टुक्रयाउन ‘एक मधेस एक प्रदेश,’ लिम्बुवान खम्बुवान उचाल्नमा भारतीय राजदूतावास र उसको गुप्तचर संस्था ‘रअ’को लगानी छ । दु:खको कुरा छ कि भारत त नैतिकता गिरेको ८० प्रतिशत दरिद्रहरूको देश हो । भारतमा केही पँुजीपति उद्योगपति तथा हिन्दू तथा ओमकार परिवारको कर्मस्थल भए पनि षड्यन्त्रकारी क्रिस्चियन, दलाल, माफिया, गुण्डा, डाँका र तस्कर  जालबाट नेपाल बच्न सक्नुपर्छ  । राजा महेन्द्रले भारतीय प्रधानमन्त्री नेहरूलाई आºनो समर्थक बनाउँदै नेपाललाई राष्ट्रियताको डोरीले आबद्ध गर्न सकेका थिए । त्यसबेलामा भारत चुइँक्क बोल्न सकेको थिएन भने नेपालमा अब ०१७ सालको जस्तै कदमको आवश्यकता छ । भारतको स्वार्थ हो– नेपालको रक्षा र विदेशनीति भारतसँग सम्बन्धित बनाउनु । भारतको खराब नियतबाट बच्न भारतले प्रयोग गरेका ०६३ सालपछिका माओवादी, कांग्रेस, एमाले र भ्रष्ट मधेसवादी कथित भारतीय खेतालाहरू कम्तीमा पनि ५० देखि सय देशद्रोहीलाई राज्यले कारबाही गर्न सक्नुपर्छ । यिनीहरूलाई सम्झाएर पनि यिनीहरू सुध्रिनेवाला छैनन् । नेपाल यी देशद्रोही पार्टी र नेताबाट यो देश सुरक्षित हुन सक्दैन । यिनीहरूले संविधान पनि बनाउँदैनन्, देश पनि बचाउँदैनन् । अब कुनै पनि हालतमा ०४७ सालको संविधानलाई नै कार्यान्वयन गरेर राजासहितको हिन्दू तथा बौद्ध अधिराज्यकासाथ अखण्ड–नेपाल बचाउनुपर्छ । (लेखमा व्यक्त विचार लेखकका निजी हुन् ।–सं)

प्रतिक्रिया