अनिश्चितकालीन बन्द खुल्यो

दोलखा, २८ भदौ । लामोसाँघु जिरी सडक खण्डको नगरपालिका क्षेत्रमा यातायात, कलकारखाना र बजार अनिश्चितकालीन बन्द खुलेको छ ।
भीमेश्वर नगरपालिका कार्यालय पीडित संघर्ष समितिले आफ्नो मागको सुनुवाई नभएको भन्दै बिहीबार लामोसाँघु–जिरी सडक खण्डको नगरपालिका क्षेत्रमा यातायात, कलकारखाना र बजार अनिश्चितकालीन बन्द गरी संयुक्त आन्दोलन गरेको थियो ।
लामोसाँघु जिरी सडक खण्डअन्तर्गत भीमेश्वर नगरपालिका क्षेत्रको चर्नावती खोलादेखि तामाकोसीसम्म सडकको दायाँबायाँ १५ मिटर बाहिर बनेका स्थायी संरचनाको राजस्व लिएर नक्सा पास र कार्य सम्पादन प्रमाण्ँ पत्र नगरपालिकाले उपलब्ध नगराएको भन्दै उनीहरूले आन्दोलन गरेका थिए ।
२०४९ सालको राजपत्रमा अंकित १५ मिटर र थप ६ मिटर गुमराहमा राखी २०६८ साल श्रावणसम्म नक्सा पास र कार्य सम्पादन प्रमाण्ँपत्र नगरपालिकाले निरन्तर उपलब्ध गराएको भए पनि विगत २ वर्षदेखि नक्सा पास र कार्य सम्पादन प्रमाण्ँपत्र नदिएपछि आन्दोलन गर्न बाध्य बनाएको संघर्ष समितिका अध्यक्ष कृष्ण्ँबहादुर दाहाल बताए ।
तर, बन्दले सर्वसाधारणलाई असर परेको भन्दै अगामी असोज ११ सम्म संघर्षका सबै कार्यक्रम स्थगन गरिएको संघर्ष समितिका अध्यक्ष दाहालले जानकारी गराए ।
यद्यपि भीमेश्वर नगरपालिका र सडक डिभिजन कार्यालय चरिकोटले भने २०६८ श्रावणमा मन्त्रालयबाट नयाँ नियमावली आएको र त्यसमा सडकको २१ मिटर दायाँबायाँ क्षेत्रमा घरटहरा नबाउन भनी प्रस्ट रूपमा उल्लेख भएको परिपत्र भएकाले आफूहरूले यस विषयमा केही गर्ने नसक्ने बताएका छन् ।
आन्दोलित पक्षले भने सडकको दायाँबायाँ १५ मिटर बाहिर बनेका स्थायी संरचनाको राजस्व लिएर नक्सा पास र कार्य सम्पादन प्रमाण्ँपत्र नगरपालिकाले उपलब्ध नगराएसम्म आन्दोलन गर्ने बताएका छन् । उनीहरूले सरकारले सडकको दायाँबायाँ १५ मिटरलाई बढाएर थप ६ मिटर थप गर्दा त्यसको अहिले चलेको रेटमा मुआब्जा दिए मात्रै थप ६ मिटर दिने बताएका छन् ।

प्रतिक्रिया