सामान चेकजाँचको बिरोधमा गौर बन्द

रौतहट, २७ भदौं । प्रहरीले ज्यादती गरेको भन्दै रौतहट उद्योग वाणिज्य संघले गौर बजार बन्द गराएका छन् ।
सामान चेकजाँचको विषयमा स्थानीय व्यापारीले विरोध स्वरुप गौर बजार आज (बिहीबार) बन्द गराएका हुन् । बजार बन्द हुँदा स्थानीय उपभोक्ताले सास्ती बेहोर्नु परेको छ ।
स्थानीय व्यापारीले भन्सार तिरेका सामान लैजाँदा पनि चेकजाँच गरेर अनावश्यक दु:ख दिने गरेको आरोप प्रहरीलाई लगाएका छन् ।
‘भारतीय बजारबाट ल्याईएका सामानको भन्सार तिर्दा पनि प्रहरीले अनावश्यक दु:ख दिने गरेका छन्,’ एक व्यापारीले भने ।
टायर गाडालाई सशस्त्र प्रहरीले पिप्रा रजवाडामा नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाए पछि बिवादले ठूलो रुप लिएको थियो ।

प्रतिक्रिया