महिला मञ्चको भवन कब्जा

बाजुरा : जिल्लाको कोल्टीमा रहेको महिला अधिकार मञ्चको भवन महिला बचत तथा ऋण सहकारी संस्थाले प्रयोग गर्दै आएको खुलासा भएको छ ।
गाविस र अन्य निकायको लगानीमा कोल्टी गाविसस्तरीय महिला अधिकार मञ्चको प्रयोजनका लागि भवन निर्माण गरिएको भए पनि विनाभाडा निजी प्रयोजनका लागि महिला बचत तथा ऋण सहकारी संस्थाले प्रयोग गर्दै आएको छ । मञ्चका पूर्वअध्यक्ष पानसा कार्कीको कार्यकालमा निर्माण भएको सो भवन तालिम हलसहित दुईकोठे छ । कोल्टी गाविस, महिला तथा बालबालिकाको कार्यालय र पिसविन बाजुराको संयुक्त लगानीमा करिब ७ लाख बराबरको लागतमा मञ्चको संस्थागत विकास र आर्थिक स्रोत संकलन गर्ने लक्ष्यका साथ सो भवन निर्माण गरिएको थियो । तर, हाल भवन मञ्चको कार्यालय प्रयोजनका लागि नदिएको भन्दै मञ्चको नयाँ कार्यसमितिका पदाधिकारीले आपत्ति जनाएका छन् । (सौस)

प्रतिक्रिया