दाङका दुई युवक हतियारसहित पक्राउ

goliकाठमाडौं, २६ भदौ । हतियारसहित प्रहरीले दाङ घर भएका दुई युवालाई काठमाडौंमा पक्राउ गरेको छ ।
दाङको तुलसीपुर नगरपालिका–६ का ३५ बर्षीय गंगनबहादुर शाह र २७ बर्षीय कविन्द्र रजौरेलाई प्रहरीले हतियारसहित मंगलबार राति दरबारमार्गमा पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरुको साथमा रहेको सर्टगनको गोली १४ थान, टुटुको गोली १६ थान र १ थान खुकुरी बरामद गरेको छ ।
बा.९ च १०७७ नम्वरको निसान गाडीमा चेकजांचका क्रममा उनीहरुसंग गोली र खुकुरी बरामद भएको हो । शाह र राजौरेलाई प्रहरीले गाडी सहित आवश्यक कारबाहीका लागि नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया