चुनावमा चीनको सहयोग रहन्छ : चुन्ताई

काठमाडौं, २६ भदौ । नेकपा (माले) का महासचिव सीपी मैनाली र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईबीच भेटवार्ता भएको छ ।
काठमाडौंको रातोपुलस्थित मालेको पार्टी कार्यालयमा आज (बुधबार) भएको भेटमा नेपालीको राजनीतिक अवस्थाका साथै विविध विषयमा छलफल भएको हो ।
राजदूत चुन्ताईले चीन आफ्नै विशेषताको समाजवादलाई सुदृढ गर्दै समृद्ध राष्ट्रको रुपमा विकसित हुँदै गइरहेको जानकारी महासचिव मैनालीलाई गराएको मालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राजदूत चुन्ताईले नेपालमा हुन गइरहेको संविधानसभाको निर्वाचनलाई सफल पार्न चीनको समर्थन र सहयोग रहने बताए ।

प्रतिक्रिया