नाडाललाई युएस ओपन उपाधि

न्युयोर्क, २६ भदौ । विश्व नम्बर एक नोभाक जोकोभिचलाई फाइनलमा हराउँदै स्पेनिस राफाल नाडालले युएस ओपन टेनिसको उपाधि जितेका छन् । न्यूर्योकमा दोस्रो पटक ग्रान्डस्लाम जित्ने क्रममा नाडालले जोकोभिचलाई ६–२,३–६,६–४ र ६–१ ले हराए । चार सेटकको फाइनल ३ घण्टा २१ मिनेटसम्म चलेको थियो । खेलको तेस्रो सेटको म्रध्यसम्म खेलको अबस्था बराबरीमै  निकै उत्कृष्ट देखिएपछि बराबरीको स्थिति क्रस गर्दै नाडाल अन्नत उपाधिसम्म पुगेका हुन् ।
आर्थर एसे रंगशालामा उपस्थित २३ हजार समर्थकमाझ विश्व नम्बर एक खेलाडीलाई हराउन नाडालले लामो समय संघर्ष गर्नुपर्‍यो । जीतसँगै २७ वर्षे नाडालले आफ्नो ग्य्रान्ड स्लाम उपाधि संख्या १३ पुर्‍याए । उनीभन्दा धेरै उपाधि जित्ने किर्तिमान अमेरिकी खेलाडी पिट सम्प्रास र रोजर फेडेररको नाममा मात्रै छ । फेडेररले १७ वटा ग्य्रान्ड स्लाम उपाधि आफ्नो नाममा लेखाइसकेका छन् भने अन्तर्राष्ट्रिय टेनिसबाट सन्यास लिइसकेका साम्प्रासको नाममा १४ वटा उपाधि जितेको किर्तिमान छ । गत वर्ष घुडाँको चोटका कारण युएस ओपन गुमाएपछि ओझेलमा पर्दै आएका नाडालले जीतपछि फेरि विश्व वरियतामा पहिलो स्थान हात पार्ने तय भएको छ ।‘ यस्तो सफलता आफै‘मा अचम्मलाग्दो हो । मैलेँ कहिल्यै यस्तो अपेक्षा गरेको थिइ‘न, तर म भाग्यमानी रहेछु ।’– फाइनल जितेपछि नाडालको प्रतिक्रिया थियो ।
नाडाल र जोकोभिचबीचको पुरानो प्रतिद्धन्द्धताका कारण पनि सोमबारको फाइनललाई महत्वका साथ हेरिएको थियो । यसअघि सन् १९६८ यता विश्व टेनिसमा ओपन एरा सूरु भएपछि सबैभन्दा धेरै चर्चा जोक म्याकइन्रोय र इभान लेन्डीबीचको भिडन्तले पाएको थियो । दुई खेलाडीबीच ३६ भिडन्त भएको इतिहास पल्टाउँदै नाडाल र जोकोभिच ३७ औँ पटक एकअर्का विरुद्ध कोर्टमा उत्रिएका हुन् ।
जोकोभिच र नाडाल ग्य्रान्ड स्लामको फाइनलमा मात्रै एकअर्का विरुद्ध ६ पटक भिडेका छन् । युएस ओपनको फाइनलमा उनीहरु तेस्रो पटक भिडेका हुन् । यसअघि सन् २०१० को फाइनलमा नाडालले जीत हात पार्दा सन् २०११ मा जोकोभिचले उपाधि जित्दै हारको मिठो बदला लिएका थिए । जीतसँगै नाडालले ३६ लाख अमेरिकी डलर पुरस्कार हात पारे । हारपछि स्तब्ध जोकोभिचले नाडाल नै जीतको वास्तविक हकदार रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया