खानेपानीको अभाव

धनकुटा : पहिरोले खानेपानीको मुहान र पाइप बगाएपछि धनकुटाको मुलघाट र लाबरबोटेमा खानेपानीको अभाव भएको छ ।
भदौ २१ गते अविरल वर्षापछि आएको पहिरोका कारण सो क्षेत्रमा आपूर्ति हुने खानेपानीको ८ किलोमिटर पाइप बगेको छ । घन्टेखोला र लेउती खोलामा आएको बाढी र पहिरोले खानेपानीको पाइप बगाएकाले खानेपानीको अभाव भएको हो ।
बस्तीनजिकैका लेउती खोला र तमोरको पानी पिउनयोग्य नभएको  मुलघाट खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्र डंगोलले बताए । ‘पाइप बगाएपछि एक सय ४७ घर, सशस्त्र प्रहरीको बेसक्याम्प, प्रहरी चौकी र विश्रान्ति वृद्धाश्रममा खानेपानी अभाव भएको छ,’  उनले भने ।

प्रतिक्रिया