खोजखबर

विवाद पछि बाबुलाई काठको मुढा प्रहार

सौर्य अनलाइन २०७० भदौ २४ गते १३:३० मा प्रकाशित

hatkadiनवलपरासी, २४ भदौ । नवलपरासीमा एक युवकले आफ्नै बाबुलाई काठको मुढाले प्रहार गरेर गम्भीर घाईते बनाएका छन् ।
आइतबार राति बीरबहादुरले बाबुलाई मुढा प्रहार गरेका हुन् । गम्भीर घाइते गोपाललाई उपचारका लागि भैरहवातर्फ लगिएको छ ।
घरायसी विवादमा दाउन्नेदेवी–७ का २७ बर्षीय बीरबहादुर नेपालीले ५० वर्षीय बाबु गोपाल नेपालीलाई मुढाले प्रहार गरेको प्रहरीले जनाएको छ । बीरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय