सेमिनारमा ७ जनाद्वारा ‘स्पट एडमिशन’

Rojgariनारायणगढ, २४ भदौ । चितवनमा पहिलो पटक क्रुज म्यानेजमेन्ट कोर्षको सेमिनार सम्पन्न भको छ ।
क्रुज म्यानेजमेन्ट अध्ययन गर्न चाहाने विद्यार्थीलाई लक्षित गरी पहिलो पटक क्रुज म्यानेजमेन्ट कोर्ष सेमिनार गरिएको ‘शेफिल्ड ऐजुकेशन कन्सल्ट्यान्सी (प्रा)लि.का प्रबन्ध निर्देशक केम श्रेष्ठले जानकारी दिए ।
सो कोर्ष अध्ययन गर्ने विद्यार्थीको मागलाई ध्यानमा राखेर सेमिनार आयोजना गरिएको हो । सेमिनारमा २ सय बढि विद्यार्थी सहभागी भएका थिए । सहभागी मध्ये ७ जना विद्यार्थीले ‘स्पट एडमिशन’ गरेको प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
मलेशियाको ग्रीनसिटी ईन्टरनेशनल कलेज र लेन्स एकेडेमीमा पढाई हुने रोजगारी ग्यारेन्टी सहितको ८ महिने कोर्षका विषयमा टीम्मी फु र आरस अह्मादीले क्रुज म्यानेजमेन्ट कोर्षका विषयमा जानकारी दिएका थिए ।
सेमिनारमा क्रुज म्यानेजमेन्टको विशेषता, भिष प्रोसेस, रोजगारीसहितका विषयमा जानकारी दिईएको थियो ।
दीपेन्द्र ढकाल, उत्तम थापा, सोनाम गुरुङ्ग र लोकबहादुर तामाङ्गले आफूहरुले पाएको रोजगारीका विषयमा अनुभव आदानप्रदान समेत गरेका थिए ।
शेफिल्ड ऐजुकेशन कन्सल्ट्यान्सी (प्रा)लि.ले आईएलटिएस्, अग्रेजी भाषासहित अस्ट्रेलिया, क्यानडा, वेलायत, डेनमार्क, नर्वे, फिन्ल्याण्डलगायतका देशहरुमा उच्च शिक्षाका लागि पठाउँदै आएका छन् ।

प्रतिक्रिया