बोहरा र पाण्डे महामन्त्रीमा नियुक्त

Deepak_Bohoraकाठमाडौं, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा दीपक बोहरा र बिक्रम पाण्डे महामन्त्रीमा नियुक्त भएका छन् ।
राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाले केन्द्रीय सदस्यद्वय बोहरा र पाण्डेलाई पार्टीको बिधान अनुसार नियुक्त गरिएको प्रचार विभागका सह–संयोजक किरण गिरीले जानकारी दिए ।
‘अध्यक्ष ज्यूले पार्टीको विधान अनुसार आइतबार दुई महामन्त्री नियुक्त गर्नु भएको छ,’ गिरीले भने, ‘दीपक बोहरा र बिक्रम पाण्डे महामन्त्री हुनु भएको छ ।’
एकता महाधिवेशन सम्पन्न भएको लामो समय पछि अध्यक्ष थापाले दुई महामन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया