वीपी कोइरालाको १०० औं जयन्ती

bp_koiralaकाठमाडौं, २४ भदौ । कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको आज एकसयौं जन्मजयन्ती शुभेच्छकहरुले देशभरि विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
वीपी कोइराला आजैका दिन जन्मिएका हुन् । नेपाली प्रजातान्त्रिक आन्दोलनमा वीपी कोइरालाको महत्वपूर्ण योगदान छ ।
राजनीतिका साथै साहित्यामा पनि वीपी कोइरालाको उत्तिकै दख्ल छ । उनले मोदी आईन, दोषी चस्मा, शकुन्तललगायतका कृति नेपाली साहित्यलाई उपलब्ध गराएका छन् ।
विश्व समाजवादी आन्दोलनका अगुवासमेत रहेका वीपी कोइरालाको समाजवादी विचारधारा नेपालका लागि अझै पनि सान्दर्भिक मानिन्छ । वीपी कोइरालाले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका हुन् ।
विक्रम सम्वत १९७१ साल भदौ–२४ गते भारतको बनारसमा वीपी कोइरालाको जन्म भएको थियो । उनको निधन विक्रम संवत २०३९ साउन–६ गते भएको हो ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले एकतन्त्रीय राणाशासन र पञ्चायत विरोधी आन्दोलनको नेतृत्व गरेका थिए । २०१५ सालको आम चुनाव पछि वीपी प्रधानमन्त्री बनेका हुन् ।
२०१७ साल पुस–१ गते वीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्त गरी तत्कालीन राजा महेन्द्रले मुलुकमा दलविहीन पञ्चायती व्यवस्था लागू गरेका थिए । सोही अवधिमा वीपी कोइरालाले ८ वर्ष जेल जीवन बिताउनु परेको थियो ।
२०२५ सालमा भारत निर्वासनमा रहेका वीपी कोइरालाले विदेशीका कारण नेपालको आन्तरिक राष्ट्रियतामा आघात पुगेको निष्कर्षसहित राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्किएका थिए ।
घाँटीको क्यान्सरका कारण २०३९ साल साउन–६ गते वीपी कोइरालाको निधन भएको थियो ।

प्रतिक्रिया