चितवनमा क्रुज म्यानेजमेन्ट सेमिनार

नारायणगढ, २२ भदौ । क्रुज म्यानेजमेन्ट अध्ययन गर्न चाहाने विद्यार्थीलाई लक्षित गरि चितवनमा पहिलो पटक क्रुज म्यानेजमेन्ट कोर्ष सेमिनार हुने भएको छ ।
विगत एक दशकदेखि बैदेशिक शिक्षाका लागि उत्कृष्ट सेफिल्ड ऐजुकेशन कन्सल्ट्यान्सी (प्रा) लि. ले क्रुज म्यानेजमेन्ट कोर्ष अध्ययन गर्न चाहने विद्यार्थीलाई सो सेमिनार आयोजना गर्न लागेको हो ।
मेलामा चितवन, नवलपरासी, मकवानपुर, गोरखासहित झण्डै चौध जिल्लाका ५ सय भन्दा बढि विद्यार्थीको सहभागिता रहने सेफिल्ड ऐजुकेशनका प्रबन्ध निर्देशक केम श्रेष्ठले जानकारी दिए ।
बैदेशिक उच्च शिक्षाका लागि नेपाली विद्यार्थी बिदेशीने क्रम बढिरहेका बेला यस्तो मेलाले सहयोग मिल्न आयोजकको भनाई छ ।
क्रुज म्यानेजमेन्ट कोर्षमा अध्ययन गर्न जान नेपाली विद्यार्थीको आकर्षण बढेको प्रबन्ध निर्देशक श्रेष्ठको दाबी छ ।
मलेशियाको ग्रिनसिटी ईन्टरनेशनल कलेज र लेन्स एकेडेमीमा पढाई हुने गर्छ ।
उत्तम थापा र रोहिणी क्षेत्रीले होटल रोयल सेन्चुरीको सभाहलमा भदौ–२४ गते सोमबारका दिन सो बिषयमा जानकारी प्रशिक्षण दिने कार्यक्रम छ ।
चितवनमा मुख्य कार्यालय रहेको सेफिल्ड ऐजुकेशनले गत जनवरी २०१३ मा १५ जना विद्यार्थीले अध्ययनका लागि पुर्‍याईएको थियो ।

प्रतिक्रिया