अतिक्रमण गरि बनाईएका टहरा हटाइए

lalitpurललितपुर, २० भदौ । ललितपुरको कुशुन्तीमा सडक अतिक्रमण गरेर बनाईएका छापा तथा टहरालगायतका संरचना सुरक्षाकर्मीले हटाई दिएको छ ।
विशेष सुरक्षा योजना अन्र्तगत महानगरीय प्रहरी वृत सातदोवाटो र ललितपुर उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले बुधबार टहरा तथा छाप्रा हटाएको हो ।
छाप्रा र टहरा हटाउन प्रहरी नायव उपरीक्षक राजेन्द्रकुमार थापाक्षत्रीको कमान्डमा टोली खटिएको थियो ।
कुशुन्ती–१ स्थित यातायात व्यवस्था कार्यालयको अगाडि सडकअतिक्रमण गरि बनाइएका टहरा तथा छाप्राले सवारी आवागमन र सर्वसाधारणलाई समस्या बनाएको थियो ।
छाप्रा र टहरा हटाउने क्रममा आवरोध गर्न खोज्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आवश्यक छानविन पश्चात छाडिएको छ ।

प्रतिक्रिया