बादी समुदायको ‘सुल्पा’ व्यवसाय धरापमा

Sulpaबाजुरा, २० भदौ । बाजुरा जिल्लाको पाण्डुसैन–५ मा पुर्खौंदेखि बस्दै आएका बादी परिवारको ‘सुल्पा’ बनाउने पेशा संकटमा परेको छ ।
पेशा संकटमा पर्न थाले पछि यो समुदायलाई जीवन धान्न समस्या भएको हो । ‘सुल्पा’ बिक्री हुन छाडे पछि बादी समुदाय चिन्तामा परेको छ । चार/पाँच बर्ष पहिलासम्म ‘सुल्पा’ बनाउन भ्याई/नभ्याई थियो ।
‘सुल्पा’को बजार ह्वात्तै ओरालो लागेका कारण आफूहरुलाई जीवन जिउन समस्या परेको स्थानीय शिशुपाल बादीले जानकारी दिए । ‘सुल्पा बनाउने पेशाका कारण गाँउमा इज्जतपनि थियो,’ उनले भने, ‘सोही पेशाका कारण घरमा अन्नपातको कमी भएको थिएन ।’
आजभोलि ‘सुल्पा’ बनाउने पेशा विस्तारै लोपहुँदै जान लागे पछि बादी समुदाय निकै समस्यामा परेको उनको भनाई छ ।
‘सुल्पा’ दिनमा एक/दुई वटा भन्दा बढि बिक्री हुन छाडेको छ । स्थानीय बजार र गाउँघरमा बादी परिवार ‘सुल्पा’ बिक्री हिड्न भने छाडेको छैन ।
बजारमा अत्याधुनिक चुरोट, सुर्तीलगायतका बस्तु सस्तो भाउमा पाउन थाले पछि उपभोक्ताले परम्परागत ‘सुल्पा’बाट धुम्रपान गर्न छाडेका हुन् ।
‘सुल्पा’ १० देखि २५ रुपियाँ सम्ममा बिक्री हुने गरेको थियो । यद्यपि, आजभोलि ५ रुपियाँमा पनि ‘सुल्पा’ बिक्री हुन छाडेको छ । (फाईल तस्विर)

प्रतिक्रिया