जनतामा नजाने नेतालाई टिकट छैन : दाहाल

Puspakamal-Dahalकाठमाडौं, १८ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनतामा नजाने नेताहरुलाई चुनावमा टिकट नदिने बताएका छन् ।
ललितपुरको खन्ना गार्मेन्टमा आज (मंगलबार) जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै दाहालले टिकटका लागि नेतृत्वसँग वार्गेनिङ नगर्न आग्रह गरे । ‘जनतामा नजाने नेताले टिकट पाउँदैन,’ उनले भने, ‘टिकटका लागि नेतृत्वसँग अनावश्यक बार्गेनिङ नगर्नुस् ।’
आगामी संविधानसभा चुनावमा १ सय ८० सिट जित्ने दाहालको दावी छ । उनले २ सय ४० निर्बाचन क्षेत्रमध्ये १ सय ८० सिट जित्ने दोहर्‍याए ।
‘दोस्रो संबिधानसभा चुनावमा १ सय ८० सिट जित्छौं,’ उनले भने, ‘जनताको विश्वास अझै एमाओवादीलाई छ ।’
नेकपा–माओवादीका धेरै नेता कार्यकर्ता एमाओवादीमा फर्कन पहल गरिरहेको उनको भनाई छ ।
अध्यक्ष दाहालले द्वन्द्वकालका घटना उठाउने कार्य भए आफूहरु पनि कांग्रेस र एमालेका नेताहरु विरुद्ध किटानी जाहेरी दिन चेतावनी दिए ।
उनले गोरखाको फुजेल घटनाविरुद्ध आफ्ना कुनै कार्यकर्ता पक्राउ गर्न नहुने बताए ।

प्रतिक्रिया