नेपाली सेनाको प्रवक्तामा पोखरेल नियुक्त

armyकाठमाडौं, १३ भदौ । नेपाली सेनाले सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशक तथा प्रवक्ताको जिम्मेवारी सहायक रथी जगदीशचन्द्र पोखरेललाई दिएको छ ।
निर्देशनालयद्वारा आज (बिहीबार) जारी विज्ञप्ति अनुसार पोखरेलले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् । पोखरेलले आजैदेखि जिम्मेवारी लिएको विज्ञप्तिमा उल्लेख छ ।
यस अघिका प्रवक्ता शुरेरराज शर्माको सरुवा भएपछि सो जिम्मेवारी पोखरेलले पाएका हुन् ।

प्रतिक्रिया