विमानस्थल भारतलाई दिने ‘ग्रायण्ड डिजाइन’

TIAकाठमाडौ, १३ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनियोजित रुपमा भारतलाई जिम्मा लाउने षड्यन्त्र भईरहेको सरोकारवालाहरुले दाबी गरेका छन् ।
राष्ट्रिय जनजागरण परिषद् नेपालले आज (बिहीबार) राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले विमानस्थल भारतलाई जिम्मा लाउने षड्यन्त्र भईरहेको बताएका हुन् ।
परिषद्का संयोजक साध्यबहादुर भण्डारीले तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालादेखिनै विमानस्थल भारतको अधिनमा राख्ने प्रयास भईरहेको बताए । ‘विमानस्थल भारतलाई सुम्पने कार्य अन्तिम चरणमा आइसकेको छ,’ उनले भने ।
सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार श्रीप्रसाद पण्डितले भारतको ग्रायण्ड डिजाइन र नेपाली नेताहरुको स्वार्थअनुरुप विमानस्थल भारतलाई जिम्मा लगाउन लागिएको बताए ।
प्राध्यापक सुरेन्द्र केसीले भारतलाई एयरपोर्ट जिम्मा लगाए राष्ट्रियता झन् खतरामा पर्ने बताए । ‘तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले विकास र स्तरोन्नतीका नाममा विमानस्थलको सुरक्षाको जिम्मा भारतलाई दिने सहमति गरिसकेका छन्,’ उनले भने ।

प्रतिक्रिया