एघारौं पटक स्पेनिस सुपर कप बार्सिलोनालाई

Footballबार्सिलोना । बार्सिलोनाले एघारौ पटक स्पेनिस सुपर कपको उपाधि जितेको छ । बार्सिलोनाको मैदानमा बुधबारराति सम्पन्न दोस्रो लेगमा एटलेटिको मड्रिडसँग गोल रहित बराबरी खेले पनि अवे गोलका आधारमा बार्सिलोनाले उपाधि जित्न सफल भएको हो ।

पहिलो लेगमा एटलेटिको मड्रिडको मैदानमा बार्सिलोनाले १–१ गोलको बराबरी खेलेको थियो । खेलमा बार्सिलोनाका लागि नेयमारले गोल गरेका थिए । एटलेटिको मड्रिडले डभिड भियाको गोलमा अग्रता लिएको थियो । खेलमा ८८ औं मिनेटमा बार्सा स्टार लियोनल मेस्सीले पेनाल्टी चुकाएका थिए भने बार्सिलोनोले गोल गर्ने अन्य धेरै अवसर गुमाएको थियो ।

प्रतिक्रिया