प्रवासमा द्वन्द्वको घाउ स्मरण

दोहा । सशस्त्र द्वन्द्व र त्यसपछि नेपाली नागरिकले खेपेका पीडालाई कतारबासी नेपालीहरुले डकुमेन्ट्रीमार्फत पुन: स्मरण गरेका छन् ।
पत्रकार गणेश पाण्डे निर्देशित तीन वटा वृत्तचित्रहरु बहादुर बहिनी, अन्तिम सन्देश र मरेर बाँचेकाहरुको प्रदर्शन कार्यक्रममा कतारमा रहेका नेपालीहरुले विगतको सशस्त्र द्वन्द्वले छाडेको मानवीय संवेदनाहरु देख्दा मन अमिलो बनाए ।
‘विगतको सशस्त्र द्वन्द्व नेपाली नागरिकका लागि अति नै कष्टकर थियो,’ डकुमेन्ट्री प्रदर्शन कार्यक्रमको आयोजक नेपाल लोकतान्त्रिक मञ्च (एनडीएफ) कतारका अध्यक्ष दिलकिरण खुजुमले भने ।
प्युठानका छविलाल विकलाई त आफूले द्वन्द्वकालमा गाउँबाट अनाहकै विस्थापित हुनुपरेको पीडाले घोचेको बताए ।
४० मिनेटको डकुमेन्ट्रीमा अन्तरजातीय विहेकै उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि परिवारले भोगेको संघर्ष, भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका गणेशकुमार श्रेष्ठको हत्या, आफ्नै आँखा अगाडि बाबुको गोली हानेर मारेको देखेकी गणेशकी छोरी रचनाको रहस्यमय आत्महत्यालगायतका विषय राखिएका छन् ।

प्रतिक्रिया