भूतपूर्वप्रधानमन्त्री सिंहलाई नागरिक श्रद्धाञ्जलि

Marich_Man_Singh_Shresthaकाठमाडौं, ८ भदौ । भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई नागरिक श्रद्धाञ्जलि दिन भदौ–१३ गते काठमाडौंको बसन्तपुरमा श्रद्धाञ्जलि–सभाको आयोजना गरिएको छ ।
काठमाडौंमा आज (शनिबार) आयोजित पत्रकार सम्मेलन सिंहलाई नागरिक श्रद्धाञ्जलि सभा गर्न लागेको जानकारी दिईएको हो ।
राष्ट्रवादी प्रधानमन्त्रीको रुपमा परिचय बनाएका भूतपूर्व प्रधानमन्त्री सिंहले मुलुकका लागि पुर्‍याएको योगदानको सम्मानमा बृहत श्रद्धाञ्जलि–सभा गरिन लागेको श्रद्धाञ्जलि सभाका मुल समारोह समितिका अध्यक्ष कमल चित्रकारले जानकारी दिए ।
सिंहले निर्वाह गरेको राष्ट्रियभूमिका सम्पूर्ण नेपालीका लागि चिरस्मरणीय रहेकाले सार्वजनिक रुपमा श्रद्धाञ्जलि दिन सभा आयोजना गरिएको चित्रकारले बताए ।
सिंह सल्यान जिल्लाबाट २०३२ मा निर्वाचित राष्ट्रिय पञ्चायतको सदस्य, मन्त्री हुँदै पञ्चायत जाँचबुझ समितिको शक्तिसाली अध्यक्ष एवं राष्ट्रिय पञ्चायतको अध्यक्ष र २०४३ देखि २०४६ सम्म मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रतिक्रिया