‘रड’ बोकेर हिड्ने तीन युवक पक्राउ

भक्तपुर, ६ भदौं । भक्तपुरमा ‘रड’ बोकेर हिड्ने तीन जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
शंकास्पद अवस्थामा ‘रड’ बोकी हिडेका तीनजना युवालाई बुधबार राति दधिकोट–९ अमर हल अगाडीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दोलखा जिल्ला नाम्दु–६ घर भएका १८ बर्षीय सुजन खड्का, ललितपुर जिल्ला लेले घर भएका १८ बर्षीय अम्मर तामाङ र सिन्धुली जिल्ला घर भएका १९ बर्षीय अजय तामाङ रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी बृत्त ठिमीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरु अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया