न्यूर्योक । अमेरिकाले गोप्य दस्तावेज विकिलिक्सलाई उपलब्ध गराएको अभियोग लागेका आफ्ना सैनिक ब्रैडली मेनिंगलाई ३५ वर्षको जेल सजाय सुनाईएको छ । विकिलिक्सलाई अनाधिकृत रुपमा गोप्य दस्तावेज उपलब्ध गराएको र जासुसी गरेको अभियोगसहित २० वटा अभियोग लगाईएको छ ।
बयानका क्रममा २५ वर्षीय सैनिक मेनिंगले आफूमाथि लागेको अभियोग स्वीकार्दै अमेरिकी विदेश नीतिमाथि बहस होस् भन्ने उद्देश्यका साथ जासूसी गरेको बताएको बीबीसीले जनाएको छ ।
यसअघि मेनिंगले आफूले गरेको गल्तीप्रति अमेरिकी राष्ट्रपति बाराक ओबामासँग क्षमा समेत मागेका थिए ।
ओबामाले भने आफ्नो देशको गद्दारी गर्नेलाई कुनै पनि हालतमा माफी नदिने प्रतिक्रिया दिएका थिए ।
मेनिंगविरुद्ध मुद्दाको सुनुवाई चलिरहँदा उनका समर्थकहरुले मेनिंगलाई माफी दिन बाराक ओबामासँग अपील गरेका थिए । एजेन्सी
प्रतिक्रिया