नेपाल भारतसँग ८४ रनले पराजित

Cricketसिंगापुर, ४ भदौं । सिंगापुरमा जारी ‘इमर्जिङ टिम्स कप क्रिकेट’मा नेपाल भारतसँग ८४ रनले पराजित भएको छ ।
२३ वर्षमुनीका खेलाडीबीच आज (मंगलबार) सिंगापुरमा भएको खेलमा भारतीयले नेपाली टोलीलाई २ सय ६९ रनको चुनौती दिएको थियो । चुनौती पछ्याएको नेपाल निर्धारित ५० ओभरको खेलमा ८ विकेट १ सय ८४ रनमा समेटीएको थियो ।
सागर पुनले अविजित अर्धसतक बनाए । उनले सर्वाधिक ५२ रनको योगदान दिए । सुबास खकुरेलले २९, अनिल मण्डल १९, ज्ञानेन्द्र मल्ल १८, पारस खड्का १२, शक्ति गौचन १४, बसन्त रेग्मी ६ रन बनाएका थिए ।
भारतीय यु–२३ टोली समूहमा ४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । (फाईल तस्विर)

प्रतिक्रिया