अधिकांश मिडियाकर्मी लायक छैनन् : प्रकाश

Prakash-Dahal-!काठमाडौं, २ भदौ । एकीकृत माओवादीका पुत्र प्रकाश दाहालले नेपालका अधिकांश मिडियाकर्मी सम्मान गर्न लायकका नरहेको बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकको भित्तामा आज (आइतबार) सन्देश लेखेर प्रकाशले सो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । ‘नेपालका अधिकांश मिडियाकर्मी सम्मान गर्न लायक भए पो सम्मान गर्नु ?,’ उनले भनेका छन् ।
आफ्ना पिता दाहालका सम्बन्धमा जोडिएर आएका समाचारका समबन्धमा असन्तुष्ट प्रकाशले अधिकांश मिडियाकर्मी सम्मान गर्न लायक नरहेको जनाएका हुन् ।
‘भगेरा टाउके भनेको के हो नेपाली शब्दकोषमा खोज,’ उनले भनेका छन्, ‘तिमीहरुलाई स्पष्टिकरण दि राख्ने समय छैन ।’
‘आफूलाई सम्मान खोज्नेले अरुलाई पनि सम्मान गर्न सिक,’ पुत्र प्रकाशको निर्देशन छ ।
विमानस्थलमा एमाओवादी अध्यक्ष दाहाल सवार गाडी विमानसम्म पुग्ने गरेको समाचार र उनको निजी सचिवालयद्वारा आज (आइतबार) जारी विज्ञप्तिका सम्बन्धमा आएका समाचारप्रति चित्त नबुझे पछि पुत्र प्रकाशले आक्रोशपूर्ण सन्देश फेसबुकमा राखेका हुन् ।

फेसबुक सन्देश

नेपालका अधिकांस मिडियाकर्मी सम्मान गर्न लायक भए पो सम्मान गर्नु ??? भगेरा टाउके भनेको के हो नेपाली शब्दकोषमा खोज । तिमीहरुलाई स्पष्टिकरण दी राख्ने समय छैन । आफुलाई सम्मान खोज्नेले अरुलाईपनि सम्मान गर्न सिक ।

प्रतिक्रिया