नालामा दाहाल प्रतिष्ठान स्थापना

काठमाडौं । संसारभर छरिएर रहेका दाहाललाई संगठित गर्ने उद्देश्यले उग्रचण्डी नाला गाविसमा दाहाल प्रतिष्ठान स्थापना भएको छ ।
शनिवार आयोजित दाहालवन्धुको भेलामा प्रतिष्ठानको कार्यालय उदघाटन गरिएको हो । दाहालहरुको उदगमस्थल दैलेखको दुल्लुबाट आएका काशीराम दाहालले प्रतिष्ठानको उदघाटन गरे ।
दाहालवन्धुको भेलाले दाहालको उदगमस्थलको रुपमा रहेको उग्रचण्डी नाला ७ चुनातालमा रहेको चिलाउनेको रुखसंगै प्रतिष्ठानको पूर्वाधारहरु तयार गर्ने लगायतका निर्णयहरु पनि गरेको छ ।

प्रतिक्रिया