किसानका ‘कुखुरा’मा ध्यान दिन संघको आग्रह

काठमाडौं, १ भदौं । युवा किसान संघले कुखुरा व्यवसायी किसान र व्यवसायी दुवै पक्षलाई तालमेल मिलाउंदै बर्डफ्लुको समस्या समाधान गर्न सरकारसंग माग गरेको छ ।
संघले आज (शनिबार) विज्ञप्ति जारी गरेर आम किसान तथा व्यवसायी दुवैलाई मार नपर्ने गरी समास्याको हल गर्न सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो ।
रोगी कुखुरा र अन्य पंक्षीहरुलाई वैज्ञानिक र सुरक्षित रुपमा नष्ट गर्नुपर्ने, जथाभावी फाल्ने, पुर्ने र रोग लुकाउने कार्यलाई कडाईका साथ नियन्त्रण गरिनुपर्ने माग पनि संघले राखेको छ ।

प्रतिक्रिया