प्रहरी देखेपछि हतियार फालेर फरार

सिरहा, १ भदौ । सिरहाको पर्चिलवा–१ बाट प्रहरीले ११ वटा गोली लोड गरिएको एकथान स्वचालित पेस्तोल बरामद गरेको छ ।
स्थानीय प्रमकुमार साह र रामबाबु यादवले प्रहरी देख्नासाथ पेस्तोल फालेर भागे पछि प्रहरीले पेस्तो नियन्त्रणमा लिएको हो ।
स्थानीय प्रेमकुमार साह तथा रामबाबु यादव र कारी यादवबीच झगडा भईरहेको समयमा प्रहरी पुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया