बाढीपहिराले सडक र विद्युत अवरुद्ध

दोलखा, ३२ साउन । दोलखा जिल्लामा अविरल वर्षासँगै आएको बाढीपहिराले भिरकोट र जफे गाविसमा लाखाँैको क्षति पुर्‍याएको छ ।
स्थानीयका केही घरमा क्षति समेत पुगेको छ । पहिरोले सडक र विद्युत समेत अवरुद्ध भएको छ । बाढीले जफे–९, धोबीखोला किनारमा रहेको विमला माझीले सञ्चालन गर्दै आएको होटल र घर बगाएको छ ।
बाढीले अन्य तीन घरमा बाढी पसेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
माथिबाट ठूला ढुङ्गा र रुखसहित आएको पहिराले खोला थुनिएपछि घरमा क्षति पुगेको हो । पहिराले बिजुलीका दुई खम्बा र ट्रान्समिटर बगाएको छ ।
त्यस्तै, बाढीले क्रसर उद्योगमा पनि सामान्य क्षति पुर्‍याएको छ । क्षतिबारे प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको नेतृत्वमा शुक्रबार बिहानै पुगेको टोलीले स्थलगत निरीक्षण गरेको छ ।
प्रजिअ पोखरेलले मानवबस्ती जोखिममा नरहे पनि ठूलो भूक्षयको खतरा रहेकाले रोकथामको सबै उपाय अपनाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको बताए ।

प्रतिक्रिया