हिमताल फुटेको हल्लाले स्थानीय त्रसित

दोलखा, ३२ साउन । उत्तरी गौरीशङकर गाविसस्थित च्छोरोल्पा हिमताल फुटेको गलत हल्लाले दोलखा र रामेछापवासीले सास्ती बेहोरेका छन् ।
हिमताल फुटेको हल्लाले आतङ्कित बनेका दोलखा, रामेछाप र सिन्धुलीस्थित तामाकोसी किनारमा बसोबास गर्ने सर्वसाधारण घर छाडेर सुरक्षित स्थानमा पुगेका हुन् ।
रामेछापको सदरमुकाम मन्थलीका बासिन्दा बस ‘रिजर्भ’ गरेर सुरक्षित स्थानतर्फ गएका थिए । बिहीबार साँझ स्थानीयवासी घर छाडेर जान थाले पछि प्रहरी प्रशासनले राति १० बजेसम्म माइकिङ गरेर घर फर्काएको थियो ।
तामाकोसीमा पानीको बहाव बढे पछि दोलखा किर्नेस्थित खिम्ती–१ जलविद्युत आयोजनामा साइरन बजाइएकाले ताल फूटेको हल्ला चलेको हो ।
यसैबीच, स्थानीय प्रशासनले विज्ञप्ति जारी गरी हिमताल फुटेको हल्लामा कुनै सत्यता नरहेको जनाएको छ । च्छोरोल्पा हिमताल फुट्ने कुनै संकेत नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलका अनुसार करीब साढे ६ बजेतिर नदीपुल–मन्थली सडक खण्डस्थित ढोलीखोलामा पहिरोसँगै आएको बाढीले केहीबेर तामाकोसी थुनिएको थियो ।
बहाब खुल्दा तामाकोसीमा एक्कासि पानीको सतह बढेपछि नदीकिनारमा रहेको खिम्ती जलविद्युत आयोजनामा जडित खतराको अटोमेटिक साइरन बज्न थालेपछि स्थानीयमा ताल फुटेको हल्ला फैलिएको थियो ।
दोलखाका प्रमुख जिल्ला पोखरेलका अनुसार करीब साढे ६ बजेतिर नदीपुल–मन्थली सडक खण्डस्थित ढोलीखोलामा पहिरोसँगै आएको बाढीले केहीबेर तामाकोसी थुनिएको हो ।
बहाब खुल्दा तामाकोसीमा एक्कासि पानीको सतह बढेपछि नदीकिनारमा रहेको खिम्ती जलविद्युत आयोजनामा जडित खतराको अटोमेटिक साइरन बज्न थालेपछि स्थानीयमा ताल फुटेको हल्ला फैलिएको थियो ।
उच्च हिमाली क्षेत्रमा अवस्थित च्छोरोल्पा ताल फुट्ने खतराको पूर्व सूचना दिन ठाउँठाउँमा साइरन जडान गरिएको छ । स्थानीयले बिहीबार त्यही साइरन बजेको ठानेका थिए ।

प्रतिक्रिया