१८ लाख बराबरको सामान बरामद

kailaliधनगढी, ३२ साउन । धनगढीबाट–काठमाडौ जाँदै गरेको यात्रुवाहक बसको छतमा व्यावसायिक प्रयोजनका लागि लगिँदै गरिएको १८ लाख बराबरको सामान प्रहरीले कैलालीको अत्तरियाबाट नियन्त्रणमा लिएको छ ।
ना ४ ख ४७०१ नम्बर बसबाट मन्टेसेरी कक्षा सञ्चालनका लागि स्कूलमा प्रयोग हुने ५८ थान कार्टुन सामान नियन्त्रणमा लिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
नेपाल प्रहरीको (रोड सेकुरीटी चेकिङ कन्सेप्ट) अनुसार सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलका प्रहरी नायव महानिरीक्षक नारायणप्रसाद बास्ताकोटीको निर्देशनानुसार ट्राफिक प्रहरीले अत्तरियामा सामाग्री नियन्त्रणमा लिएको थियो ।
सामानसँगै बझाङ पौवागढी–८ का ३० वर्षीय चेतराज खातीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया