लाखौको नगद र धनमाल डकैती

पर्सा । पर्सा जिल्लामा नकाबधारी अज्ञात समूहले झण्डै दश लाख बराबरको धनमाल लुटेर लगेको छ ।
चोरनी–७ निवासी कम्लेश्वरी अमात्य र हमान अन्सारीको घरमा मंगलबार विहान साढे एक बजे ९/१० जनाको संख्यामा आएका नकावधारी समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले कम्लेश्वरी अमात्यको घरबाट नगद १३ हजार रुपिया, सुन १ तोला, चाँदी ३ तोला र २ वटा मोवाइल लुटेर लगेका छन् ।
हमान अन्सारीको घरबाट नगद ४ लाख रुपियाँ र २ लाख बराबरको सुन र चाँदीका गहना लुटेको प्रहरी भनाई छ ।

प्रतिक्रिया