तिम्बुङ पोखरी महोत्सव सम्पन्न

पाचथर, २९ साउन । ‘ग्रामिण सास्कृतिक पर्यटनको विकास गरौ लोपोन्मुख जडीबुटी तथा वन्यजन्तुहरुको संरक्षण गरौ’ भन्ने मुल नाराका साथ पांचथरमा तिम्बुङ पोखरी महोत्सव सम्पन्न भएको छ ।
पूर्वको गोसाइकुण्डको रुपमा परिचित तिम्वुङ पोखरी महोत्सव विभिन्न कार्यक्रमका साथ तीन दिनसम्म चलेको आयोजकले जाएको छ ।
पााचथर र ताप्लेजुङ जिल्लाको सीमानामा अवास्थित तिम्वुङ पोखरीको महोत्सव साउन २६ देखि २८ गते सम्म भएको हो । महोत्सवको आयोजना तिम्वुङ पोखरी जडीबुटी तथा अलंची कृषक समूह सुरुमखिम, ताप्लेजुङले गरेको थियो ।
महोत्सवमा यस क्षेत्रमा उत्पादन भएका जडीबुटी चौंरी तथा उराङको दुधबाट उत्पादित घिय छुर्पीको प्रदर्शनी गरिएको थियो । त्यसैगरी बहुमूल्य जडीबुटी लोपोन्मुख पशुपन्छीहरुको संरक्षण सम्बन्धि सचेतना मुलक साास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया