कर्मचारी संगठनमा नयाँ कार्यसमिति चयन

maobadisकाठमाडौं, २७ साउन । नेकपा–माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनमा महादीप पोखरेलको अध्यक्षतामा एक सय चार सदस्यीय नयाँ कार्यसमित निर्वाचित भएको छ ।
राजधानीमा आज (आइतबार) पत्रकार सम्मेलन गरेर अध्यक्ष पोखरेलले महाधिवेशनले आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गराएको जानकारी दिए ।
महाधिवेशनमा दुई सय पचास प्रतिनिधि मध्ये दुई सय पचास प्रतिनिधि तथा पर्यवेक्षक रहेका थिए ।
महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष मोहन वैद्यले साउन–२५ गते लालितपुरको जावलाखेलस्थित प्रशासनिक प्रतिष्ठानमा गरेका थिए ।

प्रतिक्रिया