व्यवस्थित र मर्यादित हुन चाहेका छौं : व्यवसाय

Nepal-Botlarकाठमाडौं । गुणस्तरहीन खानेपानी विक्री–वितरण भइरहेका बेला खानेपानी व्यवसायीहरुले आफूहरु व्यवस्थित र मर्यादित हुन चाहेकाले सोही अनुसार व्यवहार गर्न आग्रह गरेका छन् । नेपाल बोटल वाटर उद्योग संघको शनिबार राजधानीमा सम्पन्न पाँचौ साधारणसभामा उनीहरुले कतिपय गैरकानूनी रुपमा सञ्चालित पानी उद्योगका कारण आफूहरु बदनाम हुनुपरेको बताएका हुन् ।

गैरकानूनी रुपमा सञ्चालित उद्योग बन्द गरिनुपर्ने भन्दै उनीहरुले पानीको बजार अनुगमन गर्दा संघको प्रतिनिधिलाई पनि समावेश गर्नुपर्ने माग पनि गरेका छन् ।

उनीहरुले पानी उद्योगको प्रबद्र्धनमा लाग्नुपर्ने भएपनि सरकारले पनि आफूहरुलाई नै व्यवसायबाटै पलायन गराउने खालको गतिविधि बढाउँदै लगेको आरोप समेत लगाए ।

संघले दैनिक अत्यावश्यक वस्तु पानी आपूर्तीसँग सम्बन्धित विषयमा विशेष योजना बनाई उपभोक्ता र व्यवसायीको हक, हीतका विषयमा केन्द्रित हुने पनि जनाएको छ । बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा हटाउन सरकारी स्तरबाट सहयोगको आवश्यकतामा उनीहरुले जोड दिए ।

संघले उद्योगको उत्पादन क्षमता, स्तर, मापदण्ड र गुणस्तर बृद्धि गराउन सरकारी निकाय एवं सम्बन्धित क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको पनि जनाएको छ ।

 

प्रतिक्रिया