उपसभापति पौडेल आइतबार भारत जाने

Ramchandra-Poudelकाठमाडौं, २५ साउन । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल पनि भरतको राजधानी नयाँ दिल्ली जान लागेका छन् ।
उपसभापति पौडेल साउन–२७ गते आइतबार विहान १० बजे नयाँ दिल्ली जान लागेको कांग्रेसद्वारा आज (शुक्रबार) जारी विज्ञप्तिमा उल्लेख छ ।
पौडेल स्वास्थ्योपचारका लागि नयाँ दिल्ली जान लागेका हुन् । विज्ञप्तिमा पौडेलको राजनीतिक भेटबार्ताका विषयमा केही जनाईएको छैन ।
सभापति सुशील कोइराला झण्डै एकसाताको भ्रमण सकेर स्वदेश फिर्ता भएलगत्तै पौडेल नयाँ दिल्ली जान लागेका हुन् ।

प्रतिक्रिया