असन्तुष्ट दलहरुका मागका सम्बन्धमा परामर्श

maobadisकाठमाडौं, २५ साउन । आन्दोलनरत विभिन्न राजनीतिक दलहरुले राखेका मागका विषयमा एकीकृत माओवादी र एमालेवीच परामर्श भएको छ ।
कोटेश्वरस्थित वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा आज (शुक्रबार) भएको छलफलमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै विभिन्न समूहका मागका विषयमा परामर्श भएको हो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले तोकिएको समयमा निर्वाचन गर्ने विषयमा दुई पार्टीले प्रतिवद्धता जनाएको बताए ।
‘निर्वाचनका लागि चार राजनीतिक शक्ति दृढताका साथ अघि बढ्ने सहमति भएको छ,’ उनले भने, ‘असन्तुष्ट दलहरुलाई निर्वाचन ल्याउने विषयमा छलफल भयो ।’
छलफलमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, श्रेष्ठ तथा एमालेबाट वरिष्ठ नेता नेपाल, केपी ओली, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलको सहभागिता थियो ।
नेकपा–माओवादीले संविधानसभा निर्वाचनका सबै काम र प्रक्रिया रोक्न लिखित रुपमै प्रस्ताव गरे लगत्तै दुई वामपन्थी पार्टी एकीकृत माओवादी र एमालेका नेताहरुवीच परामर्श भएको हो ।

प्रतिक्रिया