कोइराला शुक्रबार स्वदेश फिर्ता हुने

Sushil Koirala 5काठमाडौं, २४ साउन । भारत भ्रमणमा रहेका कांग्रेसका सभापति सुशील कोइराला शुक्रबार स्वदेश फिर्ता हुँदै छन् ।
कोइराला गत आइतबार भारत सरकारको निमन्त्रणामा नयाँ दिल्ली गएका थिए । उच्चस्तरीय राजनीतिक भेटघाट सम्पन्न गरी शुक्रबार फिर्ता हुन लागेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोइराला शुक्रबार दिउँसो सवा दुई बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
कोइरालासँगै भ्रमणमा रहेका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि स्वदेश फिर्ता हुने छन् ।

प्रतिक्रिया