चितवन बन्दका कारण यात्रुलाई सास्ती

Tarun Dalचितवन, २४ साउन । कांग्रेस निकट नेपाल तरुण दलले आह्वान गरेको चितवन बन्दले सयौ सवारी साधन र यात्रुले सास्ती बेहोर्नु परेको छ ।
पक्राउ परेका भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राई र यमबहादुर कार्कीलाई रिहाई माग गरेर तरुण दलले चितवन बन्द आह्वान गरेको हो । बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।
भारतीय नागरिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले राई र कार्कीलाई पक्राउ गरे पछि तरुण दल बन्दमा उत्रिएको हो ।
बन्द खुलाउने क्रममा नारायणगढस्थित पुल्चोकमा प्रहरी र प्रदर्शनकारीवीच झडप समेत भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याँस पनि प्रहार गरेको छ ।
बन्द सफल बनाउन विहानैदेखि तरुण दलका समर्थक सडकमा उत्रिएका छन् ।

प्रतिक्रिया