मिर्गौला रोगीलाई उपचार दिन्छौं : चिकित्सक

काठमाडौं, २१ साउन । हेपाटाइटिस ‘सी’ भएका मिर्गौला रोगीहरुलाई पनि मिर्गौला प्रत्यारोपण गराउन सफल डा.जी.श्रीधरले नेपालमा रहेका मिर्गौलाका बिरामीहरुका लागि हरसम्भव सहयोग गर्न तयार रहेको बताए ।
नेपाल किड्नी समाजले आज (सोमबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अन्तर्राष्ट्रिय मेडिकल टुरिज्ममा संसारमै ख्याति कमाएको ग्लोबल अस्पतालले नेपाली नागरिकहरुका लागि विशेष प्याकेजमा अन्तर्राष्ट्रिय स्तरकै सेवा सुविधा उपलब्ध गराउने आश्वासन दिए ।
हेल्थ कन्सर्नका कार्यकारी प्रमुख डा.सुबास प्याकुरेलले आफूले बिरामी व्यक्ति, बिषेशज्ञ डाक्टर र अस्पतालबीचको पुलको काम गर्ने बताए ।
नेपाल किड्नी समाजले गरेको अध्ययन अनुसार हाल नेपालमा हाल करीब एकहजारको संख्यामा हेमोडायलाइसिस गराउँदै रहेका मिर्गौला रोग पीडितहरु छन् । २०४५ सालमा बीर अस्पतालमा डायलाइसिस सेवा शुरु भएता पनि महंगो डायलाइसिस शुल्कका कारण कयौं व्यक्तिहरु उपचार अभावमा मृत्यू वरण गरिरहेका छन् ।
सरकारसँग गरिएको सम्झौता अनुरुप यस बर्ष देखि देश भरिका अस्पतालहरुसँग नि:शुल्क डायलसिस सेवाका लागि सम्झौता भएको छ ।
सरकारले २ लाखको आर्थिक सहायता र थप १ लाखको औषधि उपलब्ध गराउन बाध्य भएको छ ।

प्रतिक्रिया